धरान: धरान १६ हाम्रो लाइनस्थित एक घरमा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

स्थानीय विमला राजवंशीको घरमा भाडामा बसेका प्रेमबहादुर कार्कीले गाँजा खेती गरेको बताइएको छ । कार्कीले आफ्नो कोठाबाट उच्छृंखल गतिविधि गरेको भन्ने स्थानीयको उजुरीको आधारमा जनप्रतिनिधि र प्रहरी गएर गाँजा पनि नष्ट गरेको हो । कार्कीले आफ्नो कोठाबाट उच्छृंखल गतिविधि गरेको भन्ने स्थानीयको उजुरीको आधारमा जनप्रतिनिधि र प्रहरी गएर गाँजा नष्ट गरेको हो । वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार १३ वटा गाँजाको बोटलाई नष्ट गरिएको छ । ‘६ वटा त ठुलो ठुलो बोट थियो, अरु साना गरि जम्मा १३ वटा गाँजाको बोट नष्ट गरियो,’अध्यक्ष गिरीले भने,‘३/४ बर्षदेखि नै खेती थियो गरेको भन्ने कुरा पनि आयो ।’

स्थानीयका अनुसार हिजो राती कार्कीको कोठामा केही युवाहरुले एक युवती पनि ल्याएका थिए । स्थानीयहरुले थाह पाएपछि भने उनीहरु भागेका थिए । आज बिहान सोही घटनाबारे छलफल भएको र गाँजा रोपेको पाइए पनि नष्ट गरिएको हो । प्रहरीले कार्कीलाई पक्राउ भने गरेको छैन । उनको बारेमा आइतबार वडामा छलफल गरिने वडाअध्यक्ष गिरीले बताए । 'उसको बिषयमा निवेदन परेको छ, भोली वडामा बोलाएर के गर्ने भनेर छलफल गछौं,'अध्यक्ष गिरीले भने । 

कार्कीले एटउा मात्र कोठा भाडामा लिए पनि उनले जर्बजस्ती अन्य २ वटा कोठा पनि प्रयोग गरेको पाइएको थियो । स्थानीयले यसअघि सम्झाउदा पनि कार्कीले अटेर गरेका थिए । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले गाँजा खेती कुन प्रकृतिको हो, सोही अनुसार पक्राउ गर्ने वा नगर्ने निर्णय हुने बताए । ‘थोरै बोट भएकोले पक्राउ गरेर मुद्दा नचलाइएको हो,’उनले भने ।