धरान: कोरोना संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेकाहरुको आज धरानमा स्वाब संलकन गरिएको छ ।
स्वास्थ्य महाशाखाका अनुसार कुल १२३ जनाको स्वाब संकलन गरिएको हो । धरान १७, एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिएको हो । ती मध्ये ४ जना आइसोलेसनमा बसेका संक्रमित व्यक्तिको पुनः परिक्षणको लागि स्वाब लिइएको छ भने ११९ जनाको पहिलो पटक स्वाब संकलन गरिएको स्वास्थ्य महाशाखाका रामबाबु यादवले जानकारी दिए ।
यादवका अनुसार स्वाब लिइएकामा ८९ जना पुरुष र ३४ जना महिला छन् । ‘२ महिला र २ पुरुष आइसोलेसनमा छन्, र उनीहरुको फेरि परिक्षणको लागि स्वाब लिइएको हो,’यादवले भने,‘अरु ११९ जना कन्ट्याक ट्रेसिङ भएर स्वाब लिइएको हो ।’ उनका अनुसार केही दिनयता कोरोना संक्रमण पुष्टि भएका उपमहागनरपालिकाका कर्मचारीहरुको कन्ट्याक ट्रेसिङ भएकाहरुको पनि स्वाब लिइएको छ । यस्तै, मेनेजर संक्रमण भएको एनएमबि बैंकका कर्मचारीहरु, नेपाल आर्मी, राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुको पनि स्वाब लिइएको यादवले बताए ।