धरान: कोरोना संक्रमणले धरानका थप एक व्यक्तिको मृत्यु भएको छ ।

धरान १५ का ५५ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान पौने ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतक विगतदेखि नै उच्चरक्तचाप र मृगौलाका विरामी थिए । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी कोभिड अस्पतालमा भर्ना भएका थिए । मृतकको शवलाई नियमानुसार व्यवस्थापन गर्ने तयारी भइरहेको पनि प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । योसँगै धरानका कोरोना संक्रमितको मृत्यु संख्या ९ पुगेको छ । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको कुल संख्या भने ४० पुगेको छ ।