धरान: धरानमा फेरि ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अहिले भर्खर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको रिपोर्टमा धरान ठेगाना भएका विभिन्न वडाका ३२ जनालाई कोरोना संक्रमण देखिएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार साँझ २ चरणमा आएको रिपोर्ट अनुसार १११ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि आजै साँझ ७९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै धरानमा कुल संक्रमितहरुको संख्या ७९८ पुगेको पनि मेहताले जानकारी दिए ।