धरान: कोरोना संक्रमण बढ्न थालेपछि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु भोली बिहिबारदेखि एक सातासम्म बन्द हुने भएको छ ।
नगर कार्यापालिका र वडाका कर्मचारी तथा जनप्रतिधिहिरुसमेत धमाधाम कोरोना संक्रतिम हुन थालेपछि उपमहागनरपालिकाले यस्तो निर्णय लिएको हो । आज सर्वपक्षीय तथा सर्वदलिय बैठकबाट सुझावहरु लिएपछि लकडाउन नगरि उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो । भोली बिहिबारदेखि असोज २८ गतेसम्म कार्यपालिका र वडाहरुबाट गरिने अत्यावश्यक सेवाबाहेकका सेवाहरु बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ ।
कर्मचारी, वडाका जनप्रतिनिधिहरुसमेत कोरोना संक्रमण पुष्टि भएको र जनप्रतिनिधि, कर्मचारीहरु आइसोलेसन तथा क्वारेन्टिनमा बस्नु पर्दा थुप्रै सेवाहरु प्रभावित छ । त्यसैले थप संक्रमण फैलिन नदिन उपमहागनर र वडा कार्यालय बन्द गर्ने निर्ण लिएको जारी गरिएको सुचनामा उल्लेख छ । जनप्रतिनिधि तथा कर्मचारीहरु संक्रमित भएपछि यसअघि नै धरानको वडा नं १६, ८, १५, १२, ३ वडा कार्यालयहरु बन्द गरिएको छ ।