धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षमा इटहरी ६ की ६० बर्षीय महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार महिलाको प्रतिष्ठानको इर्मजेन्सी कक्षमा नै मृत्यु भएको हो । उनलाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलालाई मधुमेहको समस्या रहेको प्रतिष्ठानको भनाई छ ।