धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा तेह्रथुमका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङ्पा १ तेह्रथुमका ४९ बर्षीय कोरोना संक्रमित पुरुषको आज(बुधबार) राती ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई जिल्ला अस्पताल धनकुटाले रिफर गरेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा असोज २६ गते भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकलाई असोज २६ गते नै प्रतिष्ठानमा संक्रमण पुष्टि भएको थियो । उनलाई दीर्घ रोग भएको कुनै जानकारी प्राप्त भएको पनि डा.श्रेष्ठले बताएका छन् । मृतकको शव प्रोटोकल अनुसार व्यवस्थापन हुने पनि प्रतिष्ठानले जनाएको छ ।