धरान: धरानमा आज बिहानै होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान १५ देवकोटा चोकमा ६१ बर्षीय वृद्ध रहेका छन् । उनको आज बिहान करिब साढे ६ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार मृतकको ३ बर्षअघि मुटुको अप्रेशन गरिएको र औषधी सेवन गरिरहेका थिए ।

मृतकको असोज २४ गते पिसिआर गरिएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार मृतक र उनकी श्रीमतिको पनि रिपोर्ट पोजेटिभ आएको थियो । दुवै होम आइसोलेसनमा नै रहेका थिए । राती गाह्रो भएपछि घरमा नै अक्सिजन ल्याएर लगाएको जानकारी आफुले पाएको अध्यक्ष इवारमले बताए ।