धरान: धरानमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरानको वडा नं १७ र ३* का छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ३* का ७२ बर्षीय पुरुषको १ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । उनलाई असोज २९ गते संक्रमण पुष्टि भएको थियो भने आजै अस्पताल भर्ना गरिएको थियो ।
यसैगरि, धरान १७ का ६८ बर्षीय पुरुषको पनि दिउँसो ३ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनलाई असोज २८ गते संक्रमण पुष्टि भएको थियो । उनलाई पनि आजै प्रतिष्ठानमा भर्ना गरिएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिएका छन् ।
*(सच्याइएकोबारे: वीपी प्रतिष्ठानको प्रवक्ताको कार्यालयले ईमेलमार्फत पठाएको मृतकको विवरणमा वडा नं ३ हुनुपर्नेमा वडा १८ उल्लेख भएको र सोही अनुसार समाचार प्रकाशन भएकोमा पुनः प्रतिष्ठानले क्षमाप्रार्थीसहित ठेगाना सच्याएर दोस्रो इमेल पठाएकोले समाचारमा पनि ठेगाना सच्याइएको छ । यसले पाठकमा पर्न गएको असुविधाप्रति क्षमाप्राार्थी छौं ।) सम्पादक