धरान: धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ११ की ५२ बर्षीया महिला छिन् । उनको आज दिउँसो ५ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनलाई कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।