धरान: धरानमा आज बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान १ की ६१ बर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार आज बिहानै ३ बजेर १५ मिनेटमा संक्रमित महिलाको मृत्यु भएको थियो । उच्चरक्तचापसहित अन्य दीर्घरोग भएकी महिलालाई असोज ३० गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।