धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ९ का ६१ बर्षीय महिला छिन् । उनको आज दिउँसो पौने ५ बजे उपचारको क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकलाई कार्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई आजै प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको शवको व्यवस्थापन नियम अनुसार भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।