धरान: धरानमा आज दिउँसो थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान १६ की ८१ बर्षीया वृद्धाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार वृद्धाको आज दिउँसो २ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

मृतकलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानले जानकारी दिएको छ । उनलाई बुधबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठाना हिजो बिहिबार भर्ना गरिएको सहप्रवक्ता डा.श्रेष्ठले जानकारी दिए । उनको शवको व्यवस्थापन नियम अनुसार भइरहेको पनि उनले बताए ।