धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड अस्पतालको लागि आवश्यक स्टाफ नर्सहरु छनौट गरेको छ ।

जनशक्ति अभावले कोभिड अस्पतालमा कोरोना संक्रमितहरुलाई दिइनुपर्ने उपचार सेवा उपलब्ध गराउन नसकेको चिकित्सकहरुले नै बताउदै आएका थिए । चौतर्फी आलोचना र विवादको बीचमा प्रतिष्ठानले नयाँ ७५ जना स्टाफ नर्सहरु लिएको हो । प्रतिष्ठानले लिखित परीक्षा र अन्र्तवाताबाट स्टाफ नर्सहरु छनौट गरेको हो । यसअघि ५० जना स्टाफ नर्स अन्तर्वाताबाट मात्र लिने प्रयास प्रतिष्ठानले गरेको थियो । तर, उक्त अन्तर्वाता जारी रहदै नेकपाबाट सिफारिश भएका १९ जनाको नाम सार्वजनिक भएपछि विवादमा फसेको थियो ।

उक्त अन्तवार्ताको नतिजा प्रकाशन गरि प्रतिष्ठानले रद्द गरेको थियो, र, ७५ जना स्टाफ नर्सहरुको नयाँ भर्ना प्रक्रिया अघि बढाएको थियो । प्रतिष्ठानका अनुसार ७५ जना स्टाफ नर्सहरु कोभिड अस्पतालसँगै अन्य आवश्यक विभागहरुको लागि लिइएको हो । लिखित परीक्षामा उर्तीणहरुको अन्तर्वाता बिहिबारबाट सुरूभई हिजो शनिबार सकिएको थियो । लगत्तै हिजो राती नै प्रतिष्ठानले छनौट भएकाहरूको नतिजा प्रकाशित गरेको छ । लिखित परीक्षामा ४ सय ८९ जना सहभागी भएका थिए । ती मध्ये २ सय १८ जना उतीर्ण भएका थिए । अर्न्तवार्तामा ५ जना अनुपस्थित भएका थिए । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, नर्सिङ चिफ तारा साह र मेट्रोन गायत्री राईले अर्न्तवार्ता लिएका थिए । BP-Nurse-1 BP-Nurse-2 BP-Nurse-3