धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा सिरहा जिल्लाको लाहान नगरपालिका २ का ७० बर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो । मृतकलाई मधुमेहको पनि समस्या भएका संक्रमितको दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्तिक १६ गते मृतक कोभिड अस्पतालमा भर्ना भएका थिए भने १७ गते कोभिड पुष्टि भएको थियो ।