सुनसरी: इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा आज सामुहिक भाईटीका लगाइएको छ ।

आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको पहिलमा आइसोलेसनमा नै रहेकी एक संक्रमित महिलाले भाइटीका लगाइदिएकी हुन् । यस्तै, आइसोलेसनको सुरक्षामा खटिएका ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई पनि उपप्रमुख गौतमले टीका लगाइदिएकी थिइन् । टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुगेकी थिइन् ।

संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद दिएका छन् । स्वास्थ्यकर्मी शिव कुमार झाले खुशी व्यक्त गर्दै उपमेयरलाई म्याम भन्दै आएकोमा अब दिदी भनेर सम्बोधन गर्ने बताए । “उपमेयर ज्युलाई म्याम भन्ने गरेको थिएँ, आज भाईटीका लगाए, उहाँले भाई बनाउनुभयो, अब म दिदी भन्छुँ,”उनले भने ।

iti-tika

चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले बताइन् । बर्षदिनको चाडवाडका बेला संक्रमित भएर घर परिवारबाट टाढिएका र स्वास्थ्य, सुरक्षामा खटिएकाहरुलाई पनि चाडपर्वको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले बताइन् । दशैमा पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।

itri-tika1

itri-tika