धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मोरंङको मिक्लाजुङकी ७५ बर्षीय वृद्धाको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको हिजो राती ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनी कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।