धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विवाह काठमाण्डौंमा भएको छ ।
नक्सालस्थित एलिस रिसेप्सनमा अहिले मुख्यमन्त्री राई र मोडल जाङ्मु शेर्पाबीचको विवाह भएको हो । मुख्यमन्त्री राई घरबाट किरात राई साँस्कृतिक पहिरनमा जन्तीसहित रिसेप्सनमा पुगेका थिए । रिसेप्सनमा पुगेपछि मुख्यमन्त्री राई शेर्पा पहिरनमा शेर्पा रितिरिवाज अनुसार विवाह गरेका थिए ।