धरान: महाशिवरात्रीको अवसरमा धरान १४ स्थित पिण्डेश्वरमा लघुरुद्री पूजा भइरहेको छ । 

बिहान १० बजे प्रदेश १ का सभामुख प्रदिप भण्डारी र धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी सहभागी भएर पूजाको आरम्भ गरिएको थियो । साँझ साढे ५ बजे लाख बत्ति(लक्षदिप) प्रज्वलनको कार्यक्रम रहेको र उक्त कार्यक्रममा मेयर तिलक राई सहभागी हुने बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । 

महाशिवरात्रीमा बिहानैदेखि पिण्डेश्वरम भक्तजनहरुको घुँइचो थियो । दिउँसो १ बजेपछि भने भक्तजनहरुको संख्यामा कमी आएको छ । भक्तजनहरुलाई बाबाधाम समितिले निःशुल्क प्रसादकोरुपमा हलुवा र मालपुवा पनि वितरण गरिरहेको छ । pinde4pind1pinde6pindes1pind3pin