इटहरीः सुनसरीको इटहरीमा टिफरको ठक्करबाट मृत्यु भएका पक्षबाट सोमवार टायर बालेर प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्ग बन्द गरिएको छ ।
आइतवार इटहरी १ गंगामार्गमा बाटो कट्दै गरेका वृद्ध पुर्ण बहादु गुरुङलाई टिपरले ब्याक गर्दै गर्दा ठक्कर दिएर मृत्यु भएको थियो । इटहरीबाट धरानतर्फ जादैँ गरेको प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ट्रिपर चालक गुरुङ्गलाई चालकले ब्याक गरेर किचेर मारेको भन्दै मृतकका आफन्तहरुले इलाका प्रहरी कार्यालय इटहरी अगाडी प्रदर्शन गरिरहेका हुन् ।
हिजो पनि मृतका आफन्तहरुले इटहरी–धरान सडकखण्ड अबरुद्ध गरेका थिए । सडकबाट राती करिब १० बजे मात्र शव उठाउन दिएका थिए । तर अहिले आफन्तहरुले विभिन्न माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । प्रहरीले अबरुद्ध भएको राजमार्ग खुलाउने प्रयत्न गरिरहेको छ ।