धरान: प्रहरीले धरानमा एक महिलालाई जर्बजस्ती करणी गर्ने व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
हिजो मंगलबार धरान ११ मा ५६ बर्षीया एक सुस्त मनस्थितिकी महिलालाई जर्बजस्ती करणी भएको थियो । करणीको आरोपमा धरान ११ का ५२ बर्षीय बले भन्ने बलबहादुर थापालाई प्रहरीले हिजो नै पक्राउ गरेको थियो । पीडित महिला आफन्तको संरक्षणमा बस्दै आएकी थिइन् ।
उनलाई करणी भएको भन्दै आफन्तले जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय धरानले थापालाई हिजो नै पक्राउ गरेको थियो । पक्राउ परेका थापालाई आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । जर्बजस्ती करणी मुद्दामा म्याद थप गरि घटनाबारे अनुसन्धान भइरहेको धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।