धरान: सोमबार राती रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाह वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटेर तस्करी गर्ने तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

सशस्त्रको टोलीले रामधुनी ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई गोलिया काठसहित पक्राउ गरेको हो । राती करिब ८ बजे बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी वल नेपालको नम्बर ४ गण हेडक्वार्टरका गणपति एवं एसपी कृष्ण ढकालको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले सालको रुख काटेर ९ थान गोलिया ट्याक्टरमा लैजान लागेको अवस्थामा सशस्त्रको टोलीले पक्राउ गरेको थियो ।

kath-ko-taskar

एसपी ढकालका अनुसार पक्राउ परेकाहरुको साथबाट स १ प ७४९८ नम्बरको मोटरसाइकल पनि वरामद भएको छ भने मोवाइल सेट ४ थान पनि वरामद भएको छ । वरामद भएको गोलिया काठ १२० क्युफिट बरामरको रहेको छ । यसको मुल्य ४ लाख २० हजार रहेको पनि सशस्त्रका एसपी ढकालले जानकारी दिए । को २ त ९९९० नम्बरको ट्याक्टर, वरामद भएको काठ र पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय इनरुवामा आवश्यक कारबाहीको लागि पठाइएको पनि ढकालले जानकारी दिए ।

kath kath-taskari