संखुवासभा: जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरी गाउँपालिका २ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको छ ।
गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुई घर परिवारका ६ जना बिरामी भई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो । उपचार गराई अस्पतालबाट डिस्चार्ज समेत भएर घर गएका मध्ये २४ बर्षीया मृतक मनिला र २४ बर्षकै अनिता राईलाई पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागी जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालबाट मनिलालाई थप उपचारको लागी बिराटनगरको नोबेल अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।