धरान: सरकारले सर्तसहित लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै धरानमा पनि हिजो आइतबार सडकमा मानिस तथा सवारीसाधनहरुको चहलपहल निक्कै बढ्यो ।

सवारीसाधनहरुको चहलपहलले अब लकडाउन खुकुलो हुदै गएको हो कि भन्ने सबैलाई आभास भयो । धरानमा बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी पसल खोल्न छुट दिइएको छ । त्यसबेला पनि मानिसहरु सवारीसाधनमा हिड्न थालेका थिए । तर, आज बिहानदेखि भने प्रहरीले धरानमा लकडाउनमा कडाई गर्न थालेको छ ।

dharan-lock2

प्रहरीले आज धरानको विभिन्न चोकहरुमा चेकजाँच कडा गर्दै लकडाउनलाई पुर्णपालना गराउन थालेको हो । यसले गर्दा पासविना हिडेका थुप्रै मोटरसाइकल, स्कुटर तथा निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा पर्यो । अत्यावश्यक काममा हिडेका र पास भएकालाई मात्र प्रहरीले छोड्न थालेको छ । पास नभएपनि अत्यावश्यक काम भएमा प्रहरीलाई आफ्नो सवारीसाधनको नम्बर टिपाएमा पनि प्रहरीले छुट दिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले सरकारले हिजोदेखि बित्तिय संघसंस्था, पसल खोल्ने र निर्माण कार्य शुरु गर्ने निर्णय गरेपछि त्यसैको आडमा मोटरसाइकल, व्यक्तिगत सवारीसाधनहरु बढी चलेको बताए । लकडाउन उल्लंघन हुन थालेपछि कडाई गरेको उनको भनाई छ । ‘अहिले लकडाउन नै छ, त्यसैले नचलाइदिनुस् भनेर आह्वान गरेका छौं । पास र अत्यन्त जरुरीबाहेकलाई कारबाहीको दायरामा ल्याउछौं,’उनले भने ।

dharan-lock4 dharan-lock3 dharan-lock dharan-lock6 dharan-lock10 dharan-lock7 dharan-lock8 dharan-lock9 dharan-lock11 dharan-lock-down5