विराटनगर: प्रदेश नं. १ बाट आज थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुषसहित ४ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।
आज डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको उनले बताए । आज ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । कोभिड अस्पतालमा अहिले ३१ ज्ना उपचाररत रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताए ।