धरान: आफ्नो स्वर्गीय श्रीमति धनकुमारी लिम्बुको छैटौं स्मृतिमा धरान १५ निवासी कुमनसिङ इमिहाङ्ग लिम्वुले राहत वितरण गरेका छन् ।

लिम्वुले आफ्नै घरमा राहत वितरण कार्यक्रमको आयोजना गरि एक लाख रुपैया वरावरको राहत विपन्न परिवारलाई वितरण गरेका हुन् । उनले विपन्न ४९ घर परिवारलाई राहत वितरण गरेका थिए । राहत स्वरुप उनले २५ केजी चामलसहित दाल, नुन र तेल प्रदान गरिएको बुहारी सुस्मिता इमिहाङले जानकारी दिइन् ।

स्व. धनकुमारी लिम्वुको २०७१ साल जेष्ठ २४ गते मृत्यु भएको हो । आमाको हरेक वर्ष स्मृतिमा सामाजिक कार्य गर्दै आइरहेको छोरा सुरेस इमिहाङले बताए । अहिले विश्व नै कोरोना भाइरसको कारण समस्या परिरहेको वेला समस्यामा परेकोहरुलाई आफुनो परिवारले सकेको सहयोग गरेको छोरा इमिहाङले जनाए ।

rahatko