धरान: धरान १४ विजयपुरमा आज एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् ।

विजयपुरको झोलुङ्गे पुल नजिकै घरको बाथरुममा डोरीले झुण्डिएर आत्महत्या गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाएको छ । मृतक करिब ४९ बर्षीय दिवस राई नाम गरेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको टोली पुगिसकेको छ ।

ओलीका अनुसार बाथरुमभित्र नाम्लो डोरीले झुण्डिएको स्थानीयले देखेपछि ढोका फोडेर भित्र प्रवेश गरेर डोरी काटेका थिए । तर, उनको ज्यान गइसकेको उनले बताए । ‘शंका लागेर चियाएर हेर्दा झुण्डिएको देखेपछि ढोका फोडेर डोरी काटेको जानकारी आएको छ, हामी घटनास्थलमा अनुसन्धान गर्दैछौं,’उनले भने । हिजो बिहान पनि धरान १३ का एक व्यक्तिले घरको कोठाभित्र नै झुण्डिएर आत्महत्या गरेका थिए । पछिल्लो समय लकडाउनको बेला नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।