विराटनगर: प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १६ जना थपिएका छन् भने सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ पुरुष र १ महिला कोरोना पोजेटिभ देखिएका छन् । यस्तै, मोरङकै सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष र १ महिला, पथरीशनिश्चरेका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, सुनसरीको धरानका ७ पुरुष र २ महिलामा संक्रमण देखिएको छ भने रामधुनीका ४ र इटहरीका १ पुरुषमा गरि सुनसरीमा कुल १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष र १ महिला, कमल गाउँपालिकाका १ पुरुष गरि ९ जनामा संक्रमण देखिएको छ ।
यता, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ ।
९९ जना संक्रमित निको भएर डिस्चार्ज
यस्तै, प्रदेश १ बाट आज ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना डिस्चार्ज भएका छन् । यस्तै, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बु र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ । प्रदेश १ मा आज १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।