विराटनगर: प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

ती मध्ये मोरंगमा मात्र ८८ जना छन् भने सुनसरीमा १९ जना, इलाममा ४, झापा र उदयपुरमा १–१ जना रहेका छन् । यस्तै, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरंगको विराटनगरका २२ महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुनसरीको इटहरीमा ३ महिला र १० पुरुषमा संक्रमण देखिएको छ भने दुहवीमा ३ पुरुष, धरानमा १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ । इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।