धरान: सुनसरी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २८१ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएसँगै कुलसंख्या २८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो संख्या अहिलेसम्म सुनसरीको विभिन्न पालिकाहरुमा मात्र लिइएको स्वाबको परीक्षणको नतिजा हो । त्यसमध्ये १४० जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज समेत भइसकेको कार्यालयकी कोभिड-१९ फोकल पर्सन सृर्जना लिंथेपले जानकारी दिइन् । लिंथेपका अनुसार अहिलेसम्म जिल्लामा १२ हजार ७ सय ५७ स्वाब परीक्षण भएको छ । त्यसमध्ये मात्र २८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।