धरान: धरानको विभिन्न वडामा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुको क्लोज कन्ट्याकमा रहेका ११७ जनाको स्वाब संकलन गरिएको छ ।
धरान १३ स्थित जानकी चोकमा ७२ जना पुरुष र ४५ जना महिलाको शुक्रबार स्वाब संकलन गरिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती सबै जना संक्रमित व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भएकाहरु हुन् । ती मध्ये धरान वडा नं १३, १६, १०, १५, १९, १७, ११ का संक्रमण पुष्टि भएका व्यक्तिहरुको क्लोज कन्ट्याकमा रहेकाहरु हुन् । ‘सबै धरानका संक्रमण पुष्टि भएका विभिन्न व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ भएकाहरुको स्वाब संकलन गरिएको हो,’उनले भने ।