विराटनगर: प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् ।

सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला र ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, मोरङको बुढीगंगामा २ महिला र २ पुरुष, सुन्दरहरैचामा १ महिला र ५ पुरुषमा पिसिआर पोजेटिभ देखिएको छ भने ते¥हथुमको म्याङलुङमा ३ महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरि, उदयपुरको त्रियुगामा १ महिला र ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका महोत्तरीका २ महिला र १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष तथा सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ ।

प्रदेश १ बाट आज १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ५ सय ७ पीसीआर परीक्षण भएको छ । हाल सम्म ७३ हजार ५ सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।