धरान: कोभिड १९ उपचारमा खटिएका नर्स, हेल्थ एड र हेल्परहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् ।

विभिन्न १६ बुँदे माग राखेका उनीहरुले बिहानैदेखि उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यलय परिसरमा धर्ना दिइरहेका हुन् । बाहिर धर्ना कार्यक्रम जारी रहदा कार्यलय भित्र भने वार्ता पनि जारी छ । उपकुलपति डा.गिरीसहित अन्य पदाधिकारीहरुले नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग मागको बिषयमा छलफल गरिरहेको आन्दोलनरत एक स्टाफ नर्सले जानकारी दिइन् ।

वार्तामा १० जना जति प्रतिनिधि गएका छन् । संक्रमित विरामीको उपचारमा संलग्नहरुलाई क्वारेन्टिन राख्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, बढेको तलब तत्काल दिइनुपर्ने, मास्क र पञ्जा पर्याप्त दिइनुपर्ने, कोरोना विमा गरिनुपर्नेलगायत माग राखेर नर्स, हेल्पर, हेल्थ एडहरु आन्दोलनमा छन् ।

vc-nurse2 vc-nurse vc-nurse1 vc-nurse4