विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुमध्ये मोरङमा ४५ जना छन् भने सुनसरीमा ३७ जना छन् । यस्तै, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगका संक्रमितहरुमा विराटनगरमा मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । यस्तै, मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ ।
यता, सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला र ५ पुरुषमा संक्रमण देखिएको छ भने बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको कनकाईमा २ महिला र ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आजसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट आजसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका छन् ।
प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५३४ पुगेको छ । प्रदेश १ मा आज १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हा सम्म ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ ।