धरान: कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाको १२ नम्बर वडा कार्यालय पनि बन्द भएको छ ।

आज(शुक्रबार)देखि एक सातालाई वडा कार्यालय बन्द गरिएको हो । वडा सदस्यलाई संक्रमण पुष्टि भएको र अन्य सदस्य तथा कर्मचारीहरुलाई पनि कोरोना जस्तै लक्षणहरु देखिएपछि कार्यालय एक सातालाई बन्द गरिएको अध्यक्ष टंकबहादुर राईले बताए । ‘आजदेखि सुचना टाँसेर अर्को शुक्रबारसम्मलाई कार्यालय बन्द गरेका छौं,’अध्यक्ष राईले भने,‘एक जना सदस्य संक्रमण भएको हो, अर्का वडा सदस्य र कर्मचारीलाई पनि ज्वरो, टाउको दुख्ने भएपछि कार्यालय एक साता बन्द गरिएको छ ।’

कर्मचारीलाई संक्रमण भएपछि यसअघि धरानको वडा नं १५ र १६ को कार्यालय पनि बन्द भइसकेको छ । यस्तै, धरान उपमहानगरपालिकाको सुचना, घरनक्सा र प्रशासन शाखाका कर्मचारीहरुलाई पनि संक्रमण देखिएपछि ती शाखाहरुको सेवा प्रवाह पनि प्रभावित भएको छ । notice