धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्वार्टरमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् ।
प्रतिष्ठानको जि २ को १ नम्बर ब्लकमा रहदै आएका ४५ बर्षीय मणिकुमार परियारले आज शनिबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले मृतक परियारले कोठामा रहेको झ्यालको डण्डी पाशो लगाएर आत्महत्या गरेको पाइएको बताए । ‘झोलामा प्रयोग हुने नाइलनको डोरीले पाशो लगाएको देखिन्छ,’डिएसपी बस्नेतले भने, ‘शवको मुचुल्का उठाउने काम भइरहेको छ । थप अनुसन्धान हुन्छ ।’
मृतकका श्रीमति प्रतिष्ठानमा हेल्परकोरुपमा कार्यरत छिन् । सोही कारणले उनीहरुले क्वार्टर पाएका थिए । श्रीमति डिउटीमा र छोराहरु खेल्न गएको बेला घटना भएको डिएसपी बस्नेतले बताए । मृतक विगतमा सुन्दर साउण्ड सर्भिसमा काम गर्ने गरेका थिए ।