धरान: धरान उपमहानगरपालिका वडा नं १४ को कार्यालयले पनि अत्यावश्यक बाहेकको अन्य सेवा बन्द गरेको छ ।
वडाका बासिन्दाहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएकोले समुदायस्तरमा थप फैलन नदिन आजदेखि ७ दिनको लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार कार्यालयमा कर्मचारी रहन्छन्, तर अत्यवाश्यक काम मात्र हुनेछ । ‘कार्यालय खुला नै हुन्छ, दैनिक कार्यालयको अत्यावश्यक काम मात्र हुन्छ,’अध्यक्ष भट्टराईले भने,‘तर भिडभाड हुने गतिविधिहरु, झैझगडा मिलाउने, छलफल गर्ने कामहरु हुदैन ।’