धरान: समुदायस्तरमा कोरोना संक्रमण पैmलिएको भन्दै धरानको वडा नं १ को कार्यालय आजदेखि ७ दिनलाई बन्द हुने भएको छ ।
वडा कार्यालयले एक सुचना जारी गर्दै आजदेखि एक सातालाई वडा कार्यालय बन्द हुने जानकारी गराएको हो । वडा १ को सरकारी कार्यालय, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरुमा संक्रमण पुष्टि भएकोले संक्रमणलाई थप फैलन नदिन वडा कार्यालय एक सातालाई बन्द गरिने अध्यक्ष रोशन अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार वडा कार्यालय नजिकै रहेको नेपाल टेलिकमको धरान शाखाका थुप्रै कर्मचारीहरुमा संक्रमण देखिएको छ । टेलिकमदेखि एक घर पश्चिम मात्र वडा कार्यालय रहेको छ । कर्मचारीहरु नजिकैको होटलहरुमा खाजा खान जाने गरेको कारण संक्रमणको थप जोखिम भएकोले वडा कार्यालय पनि बन्द गर्ने निर्णय गरिएको उनले बताए । नेपाल टेलिकमको धरान शाखा कार्यालय प्रमुखसहित ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।