विराटनगर: प्रदेश १ मा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएकाहरुमा मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला र ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला र १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला र ८ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीय तह नखुलेका २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, झापाको विर्तामोडमा ३ महिला र ७ पुरुष, दमकमा २ महिला र ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला र २ पुरुष, स्थानीय तह नखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।
प्रदेश १ मा आज ३६३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ । प्रदेश १ मा आज ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र १११ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।