धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीका ६० बर्षीय पुरुष छन् । उनको आज दिउँसो १ बजेर १४ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतक संक्रमित उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित थिए । उनलाई कार्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शवको व्यवस्थापन नियम अनुसार नै भइरहेको प्रतिष्ठानले जनाएको छ ।