धरान: कोरोना संक्रमणबाट धरान १६ का एक सहित २ जनाको मृत्यु भएको छ ।

धरान १६ का ७७ बर्षीय वृद्ध पुरुषको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । संक्रमणको कारण वृद्धको अवस्था सिकिस्त हुदै गएपछि प्लाज्मा थेपारीको पनि तयारी गरिएको थियो ।

यसैगरि, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा केराबारी ८ मोरङका ५७ बर्षीय पुरुषको मृत्यु भएको छ । उनको उपचारको क्रममा आज बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।