धरान: कोरोना संक्रमणबाट इटहरीकी एक ९ बर्षीया बालिकाको पनि निधन भएको छ ।

इटहरी ६ की ती बालिकाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा निधन भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनको आज बिहान ३ बजेर २५ मिनेटमा निधन भएको थियो । मृतक बालिकालाई पहिलादेखि नै रोग प्रतिरोधी क्षमता कम हुने समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।