धरान: कोरोना संक्रमणले धरानमा आज शुक्रबार साँझ थप एक जनाको मृत्यु भएको छ ।

धरान ९ की ६७ बर्षीया महिलाको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार आज साँझ ६ बजे कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको थियो ।

प्रतिष्ठानका अनुसार मृतकलाई कार्तिक १८ गते कोरोना संक्रमणको आशंकामा कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने १९ गते संक्रमण पुष्टि भएको थियो । मृतकलाई मधुमेह, मानसिक रोगलागयतको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । उनको शवलाई नियम अनुसार व्यवस्थापन गरिने प्रतिष्ठानको भनाई छ ।