विराटनगर: प्रदेश १ मा आज ७४० जना डिस्चार्ज भएका छन् ।

होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ ।
यसैगरि, प्रदेश १ मा आज ५६ जना कोरोना संक्रमितहरु थपिएका छन् । ती मध्ये ३६ जना पुरुष र २० जना महिला रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ३१ जना संक्रमण पुष्टि भएको छ भने झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा ४ जना, इलाममा १ जना र प्रदेश बाहिरका ३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १९ जना, उर्लाबारीमा ८ जना र मिक्लाजुंगमा ४ जना संक्रमित थपिएका छन् । झापाको दमक नगरपालिकामा १० जना, गौरादह नगरपालिकामा ५ जना, गौरीगञ्ज नगरपालिकामा १ जना र मेचीनगरमा १ जना संक्रमित थपिएको छ । सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्जमा १ र इनरुवा नगरमा १ जना संक्रमित थपिएका छन् ।

इलाममा १ र प्रदेश बाहिरको जिल्लाबाट ३ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।