धरान: धरान ११ मंगलबारे स्थित गौरा स्टिलटेक इन्डस्ट्रीले पहिलो वार्षिकोत्सवको अवसरमा जानुका विकको घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
धरान १७ विजुवा मार्ग निवासी विकको घर निर्माणका लागी स्टिल टेकले ३ हजार ५ सय ५० रूपैँया सहयोग गरेको हो । स्टिल टेकका संचालक दिपक वान्तावाले विकको घर निर्माणस्थलमा नै पुगेर सहयोग प्रदान गरेका थिए । स्टिलटेकको वार्षिकोत्सव पुष ११ गते रहेको थियो । धरानका संचारकर्मीहरुले विकको घर निर्माण अभियान गरिरहेको बारे जानकारी पाएपछि वार्षिकोत्सवको अवसर पारेर सहयोग गरिएको संचालक वान्तावाले वताए । साथै उनले सामाजिक कार्यलाई निरन्तरता दिने पनि बताए ।
धरान पत्रकारहरुले अघिल्लो वर्ष देउसी खेलेर संकलन भएको रकमले जानुका विकको घर निर्माण शुरु गरिएको हो । घरमा चटपटे बेचेर परिवारको गुजारा गर्दै आइरहेकी बिकको श्रीमान् ९ बर्षअघि क्यान्सरको कारण निधन भइसकेको छ । उनी जीर्ण रहेको घरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन् । विकको घर निर्माणमा सहयोगका लागी लक्ष्मी बैंक धरान शाखामा रहेको जानुका माया विश्वकर्माको खाता नं. ०२३२३०६२०७५ मा सहयोग गर्न सकिने वा सिधै धरान १७ विजुवा मार्गमा गएर प्रत्यक्ष भेट गरी सहयोग गर्न सकिने घर निर्माण अभियान्ता अग्रज पत्रकार तथा लेखक जनक ऋषि राईले बताए । तस्विरः विकास चाम्लिङ राई