धरान: सुनसरी प्रहरीले ठुलो मात्रामा गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ८ का ४० बर्षीय गणेश यादव छन् । उनको साथबाट १६५ किलो गाँजा वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी र सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले यादवलाई आज बिहान पौने ३ बजे पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार राजमार्ग दक्षिणतर्फ रहेको पानीटंकी नजिक प्लाष्टिकले वेरी शंकास्पद रुपमा राखिएको ६ थान बोरा फेला पारेको थियो ।
उक्त बोरा खोलेर हेर्दा तयारी गाँजा भेटिएको थियो । उकत गाँजाको धनी खोजी गर्ने क्रममा नजिकै शंकास्पद व्यक्ति यादव फेल पारेका थिए । उनलाई नियन्त्रणमा लिएर लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । फेला पारेको ६ थान बोरामा भएको गाँजाको तौलिदा १६५ केजी भएको प्रहरीले जनाएको छ ।