धरान: नेपाली कांग्रेस प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सुनसरी १(१)मा अनिल श्रेष्ठ प्यानल विजयी भएको छ । 

धरान ८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा २६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी मदन ढकालले ९६ मत मात्र पाए । उपसभापतिमा श्रेष्ठ प्यानलकी झुमादेवी राईले २८१ र प्रदिप शाक्यले २३७ मत पाएर विजयी भए भने ढकाल प्यानलका उम्मेदवार कुमार मोक्तानले ९६ र मनोज सुब्बाले ९७ मत पाए ।

यसैगरि सचिवमा श्रेष्ठ प्यानलका युवराज शंकरले २८० र राजेन्द्र राईले २४४ मत पाएर विजयी भए । सचिवमा उम्मेदवार ढकाल प्यानलका राजेन्द्रकुमार राईले ९९ र सुनिल श्रेष्ठले ९१ मत मात्र पाए । यस्तै, सहसचिवमा श्रेष्ठ प्यानलका रमिता श्रेष्ठले २५६ र हरिप्रसाद ओझाले २१८ मत पाएर विजयी भए । सोही पदमा ढकाल प्यानलका विष्णुमाया गुरुंगले ११२ र कमल प्रसाद भट्टराईले १०० मत मात्र पाएका छन् ।