राजनीति

    Showing 831-840 of 1,921 items.
  • जसपाबाट निवार्चित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादव एमालेमा प्रवेश

    धरान: जनता समाजवादी पार्टीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा निवार्चित महेन्द्रप्रसाद यादव नेकपा एमाले प्रवेश गरेका छन् । इनरुवामा बुधबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादव एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले स्वागत गरे ...

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 1,120 पटक पढिएको
    • क्लिक धरान
  • तमू ह्युल छोंज धींको केन्द्रीय महासचिवमा डम्बर गुरुङ र्निवाचित

    धरान: तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिवेशनबाट धरानका डम्बर गुरुङ महासचिवमा निवार्चित भएका छन् । चैत २८ र २९ गते चितवनको भरतपुरमा सम्पन्न भएको महाधिवेशनबाट गुरुङ महासचिवमा निर्विरोध निवार्चित भएका हुन् । उनी यसअघि राष्ट्रिय परिषदको सहमहासचिव थिए । महाधिवेशनले चितवनका कण ...

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 951 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कांग्रेसको युवा तथा तरुण निर्वाचन मुल परिचालन समिति गठन

    धरान: नेपाल तरुण दल धरान उपमहानगर समितिले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै युवा तथा तरुण निर्वाचन मूल परिचालन समिति गठन गरेको छ ।  वृहत तरुण युवाहरुको भेलाले मंगलबार हिमाल श्रेष्ठ संयोजक रहेको २०५ सदस्यीय निर्वाचन मुल परिचालन समिति गठन गरेको हो । समितिको सहसंयोजक ...

    • प्रकाशित मितिः चैत २९, २०७८
    • 1,215 पटक पढिएको
    • क्लिक धरान
  • एमालेले धरानबाट मेयरमा ११ जना र उपमेयरमा ६ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश

    धरान: आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर पदको उम्मेद्वारका ११ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको छ भने उपमेयर पदमा ६ जना आकांक्षीहरुको नाम सिफारिश गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार आज बसेको उपमहानगर कम ...

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 8,037 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एमालेले वडाका उम्मेद्वारहरु धमाधम सिफारिश गर्दै: केही वडामा वहालवाला वडाअध्यक्ष नै भए सिफारिश

    धरान: स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धरान उपमहानगरपालिकाको वडाहरुमा नेकपा एमाले उम्मेदवारहरु धमाधम सिफारिश गर्न थालेको छ ।  एमाले धरान अध्यक्ष हर्कजंग एभेङका अनुसार वडा नं १५ र ८ बाहेक अन्य सबै वडा कमिटीहरुले आजै (शनिबार) उम्मेदवारहरुको सिफारिश गरिसक्नेछन् । केही वडाले दिउँसो १ बजेसम्म उम्मे ...

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 4,874 पटक पढिएको
    • क्लिक धरान
  • आइतबार रामनवमीको अवसरमा सार्वजनिक विदा

    धरान: रामनवमीको अवसरमा सरकारले भोली आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले एक सुचना जारी गर्दै आइतबार रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने जानकारी गराएका हुन् ।  प्रवक्ता पोखरेलका अनुसार चैत २४ गते बसेको मन्त् ...

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 1,738 पटक पढिएको
    • क्लिक धरान
  • २०४६ साल तिर फर्केर हेर्दा

    सत्चालिस साल भर्खर शुरु हुँदै थियो । छयालिस सालको जनअन्दोलनको शक्तिबाट प्रजातन्त्रको पुनर्स्थापना भए पश्चात नेपाली कांग्रेस र संयुक्त वाममोर्चा सहितको अन्तरिम सरकार गठन भएको थियो । सरकार गठन भएपछी उक्त मन्त्रिमण्डलमा परेका व्यक्तिहरुको नाम र तस्बिर समेतको समाचार उ बेलाको प्रजातन्त्रबादी पत्रिका 'साप ...

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 2,550 पटक पढिएको
    • बिकास आचार्य, धरान
  • प्रदेश १ योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको सपथ ग्रहण

    विराटनगर: प्रदेश १ सरकारले प्रदेश योजना आयोगमा नियुक्त गरेका उपाध्यक्षसहित सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गरिएको छ ।  मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन् ...

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 927 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० मा जसपाको वडा कमिटी गठन

    धरान: जनता समाजवादी पार्टी धरान उपमहानगर वडा नम्बर १० मा वडा समिति गठन गरिएको छ । बुधबार कलेज रोडमा भएको भेलाले निमा शेर्पाको नेतृत्वमा २३ जना वडा समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष बिनु लिम्बू, दिनेश राई, सचिवमा अजय राई, सहसचिवमा निमा शेर्पा र फिलिस राई चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा ...

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,141 पटक पढिएको
    • क्लिक धरान
  • चुनावी गठबन्धन स्थानीय आवश्यकताको आधारमा हुन्छ: कांग्रेस नेता कोइराला

    धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले चुनावी गठबन्धन खाए खा नखाए घिच जस्तो नहुने बताएका छन् ।  स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरु वीच चुनावी गठबन्धनको गृहकार्य भईरहेको वेला नेपाली कांग्रेसको क्षेत्र नं. १ सुनसरीले धरानमा आयोजना गरेको ...

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 1,009 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित