धरान: गएको मंसिर २३ गते बिहानै मोरङको मिक्लाजु गाउँपालिका १ का शिक्षक एवं प्रअ राजेन्द्र श्रेष्ठको हत्या घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । शिक्षक श्रेष्ठलाई विप्लव कार्यकर्ताहरुले बिहानै घरबाट अपहरण गरि जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरेका थिए । उक्त घटनामा संलग्न रहेको भनिएका विप्लव ...
धरान: वडाअध्यक्षको निर्देशनमा धरानको ५ नम्बर वडा कार्यालय दुई दिनदेखि बन्द रहेको पाइएको छ । वडा कार्यालय बन्द भएपछि वडाका बासिन्दाहरुको काम ठप्प भएको छ भने कर्मचारीहरु घाम तापेर समय बिताइरहेका छन् । वडामा अधिकृतस्तरको वडा सचिव नहुँदा आर्थिक प्रशासनको काम ढिलासुस्ती भएकोमा अध्यक्ष सन्तोष लिम्बु असन् ...
धरान: मारवाडी महिला मञ्च, धरानले आज धरान १५ स्थित हरे राम कृतन कुञ्जमा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ । कुञ्जमा १० जना ज्येष्ठ नागरिकहरु आश्रित छन् । त्यसबाहेक पनि वडा नं. १५ का थप १५ जना ज्येष्ठ नागरिकहरुलाई मञ्चले कपडा र खाद्यन्न वितरण गरेको मञ्चकी सदस्य सीमा तोदीले ...
धरान: सुनसरीको दुहबीमा आज दिउँसो भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुहबी १० स्थित दुहबी इनरुवा भित्री सडकखण्डमा माइक्रो र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएको इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुहबीबाट इनरुवातर्फ जादै गर ...
धरान: गए राती कोशी राजमार्गाको धरान इटहरी सडकखण्डमा ट्रकले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १० का ३० बर्षीय बिक्रम चेम्जोङ रहेको प्रहरीले जनाएको छ । शनिबार राती करिब ७ बजे इटहरी २ आँपगाछीमा दुर्घटना भएको थियो । धरानबाट इटहरीतर्फ जादै गरेको क ...
धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह कहिले होला भन्ने प्रश्न अब न सञ्चारकर्मीसँग रहनेछ, न उनका परिवार एवं आफन्तजनसँग । यही माघ ११ गते उनको विवाह हुने तय भइसकेको छ । हिजो सञ्चारमाध्यमबाट मुख्यमन्त्री राईको विवाह हुने खबर सार्वजनिक भयो । शेर्पा थरकी युवती भनिएपनि बेहुलीको नाम गोप्य रहेकोल ...
धरान: सफा र सन्दुर नगरीकोरुपमा धरान परिचित छ । यहाँका घर र सडकहरु चिटिक्क परेका हुन्छन् । तर जब धरानमा रहेका खहरे खोलाहरुमा पुगिन्छ, तब सफा धरानको फोहोर पाटो थाह पाइन्छ । धरान उपमहानगरपालिकाले समय तालिका बनाएर घर तथा सडकमा रहेको फोहोर संकलन गरेर अस्थायीरुपमा व्यवस्थापन गरिरहेको छ । तर पनि धरानको बी ...
धरान: २०४५ सालको भुकम्पमा धरानमा ठुलो धनजनको क्षति भएको थियो । त्यसयता पनि धरानले मात्र होइन, मुलुकले नै २०७२ सालको विनाशकारी भुकम्पको सामना गरिसकेको छ । धरानको भानुचोकस्थित घण्टाघर निर्माणको क्रममा परिसरमा भुकम्प स्मृति स्मारक निर्माण गरिएको छ । २०४५ सालको भुकम्पमा ज्यान गुमाएका व्यक्तिहरुको स्मृत ...
धरान: पोखरा महानगरपालिका २० स्थित मलामका २८ बर्षीय विमल कार्कीले योर डिजिटल फोटो गुड्स सेन्टर चलाएर बसेका छन् । उनलाई झापाको अर्जुनधारा नगरपालिका ६ महानन्द चोकका २० बर्षीय अनुप ढकालले एक साताअघि फोनमार्फत सम्पर्क गरे । ढकालले विराटनगरमा भव्य फेसन शो कार्यक्रममा फोटोग्राफरको लागि कार्कीलाई अफर गरे । ...
धरान: उपत्यका बाहिर राष्ट्रिय भवन निर्माण संहिता लागु गर्ने धरान पहिलो नगर हो भने नेपालभरिको तेस्रो नगर हो । २०६४ मा संहिता लागु भएयता धरानमा निर्माण भएका घर तथा भौतिक संरचनाहरु भुकम्पीय जोखिमबाट सुरक्षित छन् । संहिता लागु हुनअघि निर्माण भएका धरानका घरहरु भने अझै असुरक्षित रहेको उपमहानगरपालिकाले जन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित