धरान: भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरुलाई पुर्जा वितरण गर्ने उद्देश्यले धरानमा पनि आइतबारदेखि फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने भएको छ । धरानको २० वटै वडा कार्यालय मार्फत फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने धरान उपमहानगरपालिकाले जानकारी दिएको छ । लगत सं ...
धरान: पार्किङ गरि राखेको मोटरसाइकल धरानको छुटट छुट्टै स्थानबाट चोरी गर्ने ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ८ बुद्धमार्गका २२ बर्षीय रोशन मास्के र धनकुटाको साँगुरीगढी ८ तातोपानीका १९ बर्षीय रवि राई रहेका छन् । उनीहरुले मंगलबार राती करिब १२ बजे धरान १९ स्थित धनकुटे रोड ...
झापा: मृत्यु भइसकेका व्यक्तिको नाममा रहेको जग्गा हत्याउन नक्कली नागरिकता बनाएर ठगी गर्ने हिरोहका १० जना पक्राउ परेका छन् । झापाको विर्तामोडका स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्न नक्कली टुंग बहादुर बस्नेत खडा गरेर जग्गा ठगी गर्ने हिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर ...
धरान: यात्रु लिएर विराटनगरबाट धनकुटाको जितपुर जादै गएको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ स्थित भोजपुरे गोलाईमा मध्याह्न साढे १२ बजे बस पल्टिएको हो । दुर्घटनामा घाइते मध्ये ५ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध पीडित नाबालिगकी आमाले जाहेरी दिएकी छिन् । हिजो राती नै १७ बर्षीया पीडितको आमा र दिदी आएर जर्बजस्ती करणीमा जाहेरी दिएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । जाहेरी आएपछि दर्ता भइसकेको डिएसपी ज्ञानेन्द्र बस्नेतले ज ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको डुकु होटलबाट जर्बजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा रहेको डुकु होटलबाट गाउँपालिका अध्यक्ष महेन्द्र यादव बुधबार साँझ पक्राउ परेका हुन् । उनले १७ बर्षीय नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आ ...
काठमाण्डौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेसन गर्न नपाउने गरि आदेश दिएको छ । सर्वाेच्चको बुधबारको यो आदेशले अबदेखि अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने भएको छ। अधिवक्ता विष्णुप्रसाद घिमिरेले स्टिङ अपरेसन खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । उक्त ...
धरान: धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको अभिलेख संकलन गर्नको लागि फारम वितरण गर्ने तयारी गरेको छ ।नगर प्रमुख तिलक राईको अध्यक्षतामा गठित भूमी सम्बन्धी समस्या समाधान सहजीकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो । भूमिहि ...
बिराटनगर: गत बर्ष २०७७ बैशाखदेखी चैत्र महिना सम्ममा १ नम्बर प्रदेशका १४ जिल्लामा साढे ६ हजार भन्दा बढी मुद्दा दर्ता भएको छ भने ३८ करोड बढी राजश्व संकलन भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ६ हजार ८ सय ७६ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएको छ । अपराधिक घटना, फैसला कार्यान् ...
धरान: खानेपानीको चरम अभाव भइरहेको धरानमा पानीको प्रमुख स्रोतकोरुपमा रहेको सर्दु र खर्दु खोलाको मुहान मर्मत गर्ने तयारी गरिएको छ । खानेपानीको उत्पादन बढाउन र वितरणमा सहजीकरण गर्नको धरान उपमहानगरपालिका तथा खानेपानी व्यवस्थापन बोडले सर्दु र खर्दुको मुहानको मर्मत गर्ने भएको हो । धरानका मेयर तथा बो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित